दफा ६३
विविध कसुर
(१) देहायका कुनै कार्य गरेमा विविध कसुर गरेको मानिनेछ ः-
(क) कुनै पोष्ट वा मार्चको कमाण्ड गरिरहेको व्यक्तिले आफ्नो कमाण्डमा रहेको कुनै व्यक्तिलाई दुव्र्यवहार, कुटपिट वा अरू कुनै किसिमले दुःख दिएमा वा कुनै सार्वजनिक स्थानमा हुलहुज्जत गरेमा वा अनाधिकार प्रवेश गरेमा, हुलहुज्जत गरी प्रवेश गरेकोले नोक्सान भएको भनी पर्न आएको क्षतिपूर्ति सम्बन्धी उजुरी सम्बद्ध अधिकारी समक्ष पेश नगरेमा वा क्षतिपूर्ति नदिलाएमा,
(ख) धार्मिक स्थलको पवित्रतामा खलल पुयाएमा वा अन्य कुनै तरिकाले जानी जानी कसैको धर्मको अपमान गरेमा वा धार्मिक भावनामा आघात पुयाएमा,
(ग) जमदारभन्दा तल्लो दर्जाका सैनिकले ड्युटीमा नखटिएको वेलामा क्याम्प वा छाउनीको वरपर वा शहर वजार जाँदा आउँदा सम्बद्ध अधिकारीको आदेश विना हतियार वा खरखजाना लिई हिडेमा,
(घ) कसैलाई नेपाली सेनामा नियुक्ति वा बढुवा गराउने, विदा स्वीकृत गराउने वा अरू कुनै फाइदा दिलाउने विश्वास दिलाई त्यस बापत कुनै किसिमको फाइदा लिन प्रत्यक्ष वा अप्रत्यक्ष रूपले घूस–रिसवत लिएमा, लिन मन्जूर गरेमा,
(ङ) आपू सेवारत मुलुकको नागरिक वा वासिन्दाको शरीर वा सम्पतिमा कुनै हानि नोक्सानी पुयाएमा ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक बिल्लादार वा सोभन्दा तल्लो दर्जाको सैनिकले जङ्गी कारबाहीमा लागेको बखतमा यस परिच्छेदमा लेखिएदेखि वाहेक प्रतिबन्धित
अन्य कुनै काम गरेमा विविध कसुर गरेको मानिनेछ ।